Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पर्सामा महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित – Lekhanpeeth

पर्सामा महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

150
0
Share:

काठमान्डौ/पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत आवमा आठ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

 

सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउछन्।

 

“विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ”, उनले भने । अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।

 

कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । सो आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन् ।

 

गत आवमा दर्ता भएका नयाँ उद्योगले चार हजार सात सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये तीन हजार चार सय ५५ पुरुष र एक हजार दुई सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ८० लाख १२ हजार एक सय ५० राजस्व आम्दानी गरेको छ ।

 

कार्यालयले आव २०७९/८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिन सक्ने क्षमता छ । कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट रु एक करोड ६ लाख ३९ हजार राजस्व सङ्कलन गरेको थियो ।

Share: