प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

133
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शिष्टाचार भेटवार्ता भएको हो ।

 

उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका हुन् । केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।

 

भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजू राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

Share: