Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी, उपचारका लागि लुम्बिनी पठाइयो – Lekhanpeeth

जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी, उपचारका लागि लुम्बिनी पठाइयो

Share:

काठमान्डौ/गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार जंगली च्याउ खाँदा बिरामी परेका हुन् ।

 

आइतबार साँझ रेसुंगा सामुदायिक वनबाट ल्याएको विषालु च्याउ उनीहरू रातीदेखि बिरामी परेका थिए। बिरामी हुनेमा ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

 

उनीहरुलाई गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ ।

Share: