Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
झापाबाट पेस्तोलसहित एकजना पक्राउ – Lekhanpeeth

झापाबाट पेस्तोलसहित एकजना पक्राउ

Share:

काठमान्डौ/झापा प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का ३६ वर्षीय सञ्जीव गजमेर छन् ।

 

दमक नगरपालिका–५, बानेश्वर हाइटस्थित सडकबाट सोमबार बिहान उनलाई पक्राउ गरिएको हो । ‘मेड इन इटाली’ लेखिएको पेस्तोल एकथान र म्याग्जिन दुईथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

उनी को३८प ५६४९ नम्बरको स्कुटरमा सवार थिए । चेकजाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Share: