भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार

207
0
Share:

काठमान्डौ/भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार भएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका हुन् ।

 

‘धेरै माननीयज्यूहरूले हदम्याद हटाउनुपर्छ भन्नुभएको छ । भ्रष्टाचारको मुद्दामा जहिले पनि अनुसन्धान हुनुपर्छ भन्ने मत पनि धेरैको छ,’ उनले भने, ‘हदम्याद हटा‍इदिऊ, त्यसका लागि सरकार तयार छ ।’

 

गृहमन्त्री लेखकले भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताए । ‘कसैमाथि भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बन गर्ने कि नगर्ने भन्ने विषय पनि छ । यसबारे समितिमा छलफल गरेर टुंगो लगाउनुपर्छ,’ उनले भने ।

Share: