Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित – Lekhanpeeth

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

245
0
Share:

काठमान्डौ/सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको छ।

 

उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्नुका साथै आइसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्दन साथै पर्यटन प्रवर्दन गर्नुका अतिरिक्त देशभित्र र वाहिर परि आउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा जोड दिए।

 

सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ।

 

यसै उद्देश्यअन्तर्गत नेपालमा गठित यस आइसीसी नेपालको सम्पन्न साधारणसभाबाट राजेश काजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। यस्तै निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के।सि।, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा, रहेका छन्।

 

यसैगरी, महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन्।

 

Share: