Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पोखरामा तायमचा नृत्य प्रतियोगिता – Lekhanpeeth

पोखरामा तायमचा नृत्य प्रतियोगिता

279
0
Share:

काठमान्डौ/ लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा-३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवाः खल पोखरा-३० दोस्रो, रुपा देउराली नेवाः खल तेस्रो तथा मिलीजुली नेवाः खल पोखरा-३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् ।

 

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमशः रु. ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवाः खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बनिन् भने वेशभूषामा समाज कल्याण नेवाः खल पोखरा-३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवाः खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बनेकी छिन् । प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

 

तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवाः खलका अध्यक्ष लीलबहादुर श्रेष्ठले बताए। प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिए।

Share: