Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोरोना बीमाको रकम भुक्तानीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै – Lekhanpeeth

कोरोना बीमाको रकम भुक्तानीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

Share:

काठमान्डौ/नेपाल बिमक संघले कोरोना बिमाको रकम माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । सरकारले रकम नदिँदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकेको भन्दै संघले आइतबार सर्वोच्चमा रिट दायर गरेको हो । उक्त रिटमा सुनुवाइका लागि आज बिहान १० बजे पेशी तोकिएको हो ।

 

सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले बेहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ ।

Share: