सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको कति पर्छ ?

149
0
Share:

काठमान्डौ/साताको चौथो कारोबार दिन बुधबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यो दिन तोलामा १ हजार रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार भने सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

 

यसअघि गत भदौ २१ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँ थियो । महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा रहेको छ । यो दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ५१ ५रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५२६ रुपैया कायम भएको छ ।

Share: