
काठमान्डौ/धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् । प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।
अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग देखिएको छ । सोही स्थानमा शनिवार १४ वटा शव निकालिएको थियो ।