Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाढी पहिरो [अपडेट] : मृत्यु हुनेको संख्या २४६ पुग्यो – Lekhanpeeth

बाढी पहिरो [अपडेट] : मृत्यु हुनेको संख्या २४६ पुग्यो

Share:

काठमान्डौ/बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन्।

 

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ७० जना रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशबाट ९ जनाको मृत्यु भएको छ।

 

त्यस्तै कोशी प्रदेशबाट २० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ।

Share: