Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै – Lekhanpeeth

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

188
0
Share:

काठमान्डौ/नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहि मात्रामा मुल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि सरकारले गहुँ आपूर्तिका लागि पहल गरेका हो।

 

अहिलेलाई भारत सरकारसंग गहुँको आयातका बिषयमा समन्वय भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मैदा व्यवसायी, चाउचाउ तथा बिस्कुट उत्पादक लगायतका व्यवसायीहरुबाट गहुँको आपूर्ति गहुँ, पिठो र मैदा सहज आपूर्ति गरिदिन माग आएपछि गहुँ आयातको पहल थालेको मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए ।

 

गहुँ आयातका लागि गरिएको आग्रहमा भारत सरकार सकारात्मक रहेको उनले बताए । मैदा व्यवसायीहरुले भने गहुँ आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज गर्न माग गरेका छन् । व्यवसायीहरुलाई चाडपर्वका बेला मुल्य नबढाउन मन्त्रालयको आग्रह छ । बजारमा कृतिम अभाव श्रृजना गरी मुल्यबृद्धि गरेको पाइएमा अनुगमन गरी कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

Share: