
पोखरामा मंगललवार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाले काँग्रेस एमाले जसरी आफूहरू आफ्ना नेता भ्रष्ट हुने भन्नेमा कन्भिन्स हुन नसकेको बताए ।
झाले भने, ‘उहाँहरूका नेताहरू भ्रष्ट हो भन्ने कुरामा जति चाँडै उहाँ कन्भिन्स हुनुभयो, परापूर्व कालदेखि हाम्रा नेता बदमासी गरिरहेका छन् भनेर कन्भिन्स हुनुभयो र सडकमा कोही गएनन् । तर हामी कन्भिन्स छैनौँ । कानूनलाई त्यो बेला सघाउने हो जुनबेला त्यो कानूनसम्मत हुन्छ । प्रतिवेदनको आधारमा हो हो भने ८७ अर्बको छानबिन गरौँ, रातोपुल र गौशालातिर आफ्ना जिल्ला सभापतिलाई नलुकाऔँ, सभापतिलाई नजोगाऊँ, सभापतिकी पत्नीलाई नजोगाऊँ कारबाही प्रक्रिया अघि बढाऔँ । नत्र एकजना (रवि लामिछाने) लाई मात्र छानबिन गर्दा कसरी कानूनसम्मत भयो ?´