
काठमाडौं/काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको हो ।
यससंगै बंगलादेश साफ महिला च्याम्पियनसिपको विजेता बनेको छ । नेपालका लागि अनिशा कार्कीले खेलको ५६ औँ मिनेटमा एक गोल गरेपनि जितका लागि पर्याप्त भएन ।