प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो

104
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।

 

परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् । ‘प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको बताएको छ ।

 

गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो ।

Share: