Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने – Lekhanpeeth

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीलेले सभापति रवि लामिछानेलाई पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने बताएका छन् ।

 

उनले आइतबार दिउँसो पार्टी कार्यालय चमतीमा भएको पत्रकार सम्मेलनमा बोल्दै मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारीबारे साँझ ५ बजे सूची सार्वजनिक गर्ने बताए । ‘उपनिर्वाचनसम्बन्धी सूची ५ बजे सार्वजनिक गर्छौँ । आगामी ८ गतेदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु हुन्छ’, उनले भने, ‘हामी अझै व्यापक आन्दोलन अगाडि बढाउँछौँ ।’

 

उनले रास्वपाका सांसदहरूविरुद्ध दायर मुद्दाबारे पनि आफूहरूलाई जनकारी रहेकाले न्याय प्रणालीमाथि पुरै विश्वास गर्ने बताए ।

 

रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई सहकारी संस्थाको बचत हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका मुद्दामा कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

Share: