माओवादीको पदाधिकारी बैठक स्थगित

65
0
Share:

काठमान्डौ/ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी पदाधिकारी बैठक बोलाएको थियो ।

 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । अब पदाधिकारीको बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ ।

Share: