Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने माओवादी केन्द्रको निर्णय – Lekhanpeeth

पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने माओवादी केन्द्रको निर्णय

180
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

 

प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने बैठकले उपनिर्वाचनमा गठबन्धन गर्ने बारे ठोस निर्णय भने गरेको छैन। प्रवक्ता सापकोटाले उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना बनाइएको बताए।

 

साथै माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय भएको उनले जानकारी दिएका छन्। उनले खबरदारी सभा यस अघि कार्तिक १० गते गरेको विरोध सभाको निरन्तरता भएको बताए।

Share: