नेपाल प्रिमियर लिग : चितवन राइनोजको जर्सी सार्वजनिक

56
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

 

भरतपुर महानगरपालिकाकी मेयर रेनुका दाहालले चितवनको जर्सी सार्वजनिक गरेकी हुन् । सोही कार्यक्रममा चितवन राइनोजको गीत र मस्कट पनि सार्वजनिक गरिएको छ ।

 

कार्यक्रममा मार्की खेलाडी कुशल मल्ल, अन्य खेलाडीसहित चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने, टोलीका अध्यक्ष आयुष न्यौपानेको पनि उपस्थिति थियो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

Share: