Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपीएल: कर्णालीलाई चितवनले दियो १३१ रनको लक्ष्य – Lekhanpeeth

एनपीएल: कर्णालीलाई चितवनले दियो १३१ रनको लक्ष्य

137
0
Share:

काठमान्डौ/इङ्लिस ब्याट्सम्यान रवि बोपाराको अर्धशतकीय पारी खेलेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई जितका लागि एक सय ३१ रनको सामान्य लक्ष्य दिएको छ ।

 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो । चितवनका लागि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाए । कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए।

Share: