Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट – Lekhanpeeth

रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट

226
0
Share:

काठमान्डौ/रौतहटको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वामा गएराती दुई घर जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । आगलागीमा एक जना महिला र दुई चौपाया जलेर घाईते भएका छन् । इनर्वाका सिताई पटेलको घरमा विद्युत सर्ट भएर राती ११ बजे सुरुभएको आगलागीबाट छिमेकी बिगु पटेलको समेत घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

 

सिताई पटेलको फुसको घरमा आगलागी हुदा निजको श्रीमती बर्ष ४१ की प्रमिला देवीलाई आगोले अनुहार जलेर घाईते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। त्यसैगरी आगलागीबाट एक भैसी, २ पाडो जलेर घाईते भएको, साथै घरमा रहेको काठ,साईकल २ थानसहित घर पुर्ण रुपमा जलेर करिब एक लाख ५० हजारको क्षति भएको प्रवक्ता रायले जानकारी दिएका छन् ।

 

घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कोपवा बाट गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए ।

Share: