Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान – Lekhanpeeth

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान

161
0
Share:

काठमान्डौ/नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। बिहीबार बिहान नेपाली सेनाले जङ्गी अड्डामा द्विवेदीलाई ‘गार्ड अफ अनर’ ले सम्मान गरेको हो।

 

बुधबार काठमाडौं आएका सेनाध्यक्ष द्विवेदीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतल निवासमा आयोजित कार्यक्रममा सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरिँदै छ।

 

नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ। द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौं आएका थिए। नेपाल भ्रमणको क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

 

त्यस्तै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट र कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गरिने नेपाली सेनाले जनाएको छ।

 

भ्रमणका दौरान उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नेछन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।

Share: