Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मुग्लिन-नरायणघाट सडकखण्डमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु – Lekhanpeeth

मुग्लिन-नरायणघाट सडकखण्डमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

165
0
Share:

काठमाडौं/मुग्लिन-नरायणघाट सडकखण्डमा हिजो साँझ भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

 

दुर्घटनामा परी मकवानपुर गडी गाउँपालिका निवासी दिपक दाहाल र श्याम बजगाईंको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

 

इच्छाकामना गाउँपालिका-६ नौकिलोमा बा.प्र.०३००१ ख ३४९० नम्वरको चामल बोकेको सो ट्रक आफैं अनियन्त्रित भई दुर्घटनामा भएको हो।

 

सो दुर्घटनामा घाइते भएका तीन जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनिहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ। ट्रक सडकको कुनामा गएर पल्टिएका कारण घाइतेहरुको च्यापिएको अवस्थमा उद्दार गरिएको थियो।

Share: