Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो लाभांश – Lekhanpeeth

नेपाल एसबिआई बैंकले घोषणा गर्‍यो लाभांश

296
0
Share:

काठमान्डौ/नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

 

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी (कर सहित) कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी ३१औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो।

Share: