झापामा ८३ वर्षीया वृद्धाको हत्या, दुई पक्राउ

55
0
Share:

काठमान्डौ/झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो।

 

हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो।

 

अनुसन्धान अनुसार वृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

 

यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर ७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए। वृद्धाको हत्या गर्नुको कारणबारे पक्राउ परेकासँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।

Share: