
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति डीपी अर्याल र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूबीच भेटवार्ता भएको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको जनाइएको छ ।