Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य – Lekhanpeeth

काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य

190
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले कमजोर ब्याटिङ प्रदर्शन प्रस्तुत गर्दै लुम्बिनी लायन्सविरुद्ध १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०३ रनको योगफल तयार पार्‍यो।

 

काठमाडौंका लागि तेस्रो नम्बरका ब्याटर भिम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रनको योगदान गरे। त्यस्तै मध्यक्रमका ब्याटर डानियल डाउथवेटले २१ रन जोड्दा तल्लो क्रमका ब्याटर प्रतीक श्रेष्ठले २० रन बनाए। यसैगरी ओपनर स्टेफन इस्किनाजी १३ रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Share: