
काठमान्डौ/कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।
पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।