Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रविसहित ७ जनाकै सकियो बयान – Lekhanpeeth

रविसहित ७ जनाकै सकियो बयान

Share:

काठमान्डौ/कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो । आजैबाट थुनछेक बहस पनि सुरु हुने जनाइएको छ ।

 

रविसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, जीविका सोझदार लीला पछाइ, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरुङको बयान लिएको हो ।

 

सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

Share: