जनमत पार्टीले मनायो ‘धोती दिवस’

47
0
Share:

काठमान्डौ/याँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरू माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

 

उनीहरूले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए । उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दाबाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

आजै वसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।

Share: