सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर

54
0
Share:

काठमान्डौ/सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानमा नयाँ भर्ना खुलेको हो।

 

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

 

यसै गरी कुचीकार १९ जना, भान्छे २०, सूचिकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जना आवश्यक रहेको सूचनामा उल्लेख छ । पुस २४ गतेदेखि माघ २४ गतेसम्म दरखास्त दिन सकिने छ ।

Share: