इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा

69
0
Share:

काठमान्डौ/इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको छ ।

 

गएराति भएको खेलमा म्यानचेस्टरले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो । म्यानचेस्टरका लिजान्द्रो मार्टिनेज र अमाड डाइलोल तथा लिभरपुलका लागि कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरेका थिए ।

 

मार्टिनेजले खेलको ५२औँ मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा कोडीले लिभरपुलका लागि गोल गरेका हुन् । यस्तै, ७०औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि म्यानचेस्टरका डाइलोलले गोल गरे पछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

 

यो बराबरीसँगै लिभरपुर १९ खेलबाट ४६ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । म्यानचेस्टर युनाइटेड २० खेलबाट २३ अंकसहित १३औँ स्थानमा छ ।

Share: