Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कार दुर्घटनामा परे भारतीय अभिनेता अजित कुमार – Lekhanpeeth

कार दुर्घटनामा परे भारतीय अभिनेता अजित कुमार

190
0
Share:

काठमान्डौ/भारतीय अभिनेता अजितकुमार दुर्घटनामा परेका छन्। अजित दुवईमा कार दुर्घटनामा परेको बताइएको छ।

 

यतिबेला सामाजिक सञ्जालमा उनको कार दुर्घनाको भिडिओ भँइरल भइरहेको छ। जसमा अजिरले कार हाकिरहेका छन्। उनको कार भित्तामा ठोक्किएको देखिएको छ। यद्धपी, उनलाई चोटपटक नलागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

 

अजित कार रेसमा सहभागी हुन दुबई पुगेका थिए। जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए। प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्किएको हो। दुबईमा हुने २४ एच दुबई २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन्। अजित रेस टिमको मालिक पनि हुन्। उनी आफ्नो साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग ९९९ क्लासमा पनि सहभागी हुनेछन्।

 

अजितकुमार कार र बाइक चलाउन सौखिन छन्। डेढवर्षअघि अजित बाइक चलाएरनै नेपाल घुम्न आएका थिए।

 

Share: