Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल – Lekhanpeeth

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

175
0
Share:

काठमान्डौ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन्।

 

‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव’ को नारासहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका-१ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला-२०८१ तथा सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राखे।

 

देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए। उनले सिक्लेसमा नयाँ केवलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताए।

 

‘सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ। केवलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ। केवलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’, उनले भने।

Share: