अमेरिकामा टिकटक बन्द

66
0
Share:

काठमान्डौ/चर्चित शर्ट भिडिओ प्लेटफर्म टिकटक अमेरिकामा डाउन भएको छ । गत वर्ष पारित भएको प्रतिबन्ध वा विनिवेश कानून (ब्यान अर डाइभेस्ट ल) कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो ।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबाट हटाइएको छ । वेबमा पनि टिकटकको साइट उपलब्ध नभएको नोटिस देखिन थालेको छ ।

 

प्रयोगकर्ताहरूले एप खोल्दा भिडियो हेर्न पाइरहेका छैनन् । टिकटकले दिएको जानकारी अनुसार अमेरिकामा १७ करोड प्रयोगकर्ताहरूले यो एप प्रयोग गरिरहेका थिए । अन्य सामाजिक सञ्जालहरूमा केही समयका लागि अवरोध आउने गरे पनि, टिकटक जस्तो लोकप्रिय एप यसरी बन्द भएको यो पहिलो घटना हो ।

तस्बिर स्रोतः द भर्ज

Share: