नेप्से परिसूचक सामान्य अंकले बढ्यो

71
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेको नेप्से आज भने सामान्य अंक बढेको हो ।

 

आज नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ९३ करोडको सेयर खरिदबिक्री भएकोमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

Share: