दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड

Share:

काठमान्डौ/चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेपालमा दाँत कोट्याउने सिन्का र सो बनाउने काठको आयातबापत सवा दुई करोड रकम बाहिरिएको छ । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ६९ लाख ६० हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

 

त्यस्तै सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउने काठको आयात भएको छ ।

 

अघिल्लो आवमा नेपालमा १ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का र १ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउन प्रयोग गरिने काठको आयात भएको थियो ।

Share: