Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गृहमन्त्री लेखक र एडीबी निर्देशकबीच भेटवार्ता – Lekhanpeeth

गृहमन्त्री लेखक र एडीबी निर्देशकबीच भेटवार्ता

Share:

काठमान्डौ/एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन् ।

 

साथै मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ति, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली कोरिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह गरे ।

 

त्यसैगरी मन्त्री लेखक र एडीबी निर्देशक कोस्वाबीच सुदूरपश्चिममा चार पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

Share: