Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विभिन्न देशका राजदूतद्वारा राष्ट्रपतिसामू ओहोदाको प्रमाणपत्र पेस – Lekhanpeeth

विभिन्न देशका राजदूतद्वारा राष्ट्रपतिसामू ओहोदाको प्रमाणपत्र पेस

175
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका विभिन्न चार मुलुकका नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

 

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा जापानका आवासीय राजदूत माइदा तोरु, तुर्कमेनिस्तानका गैरआवासीय राजदूत शालर गेल्डिनजारोभ, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओका गैरआवासीय राजदूत बाउमी भान्मानी र इस्लामिक गणतन्त्र इरानका गैरआवासीय राजदूत इराज इलाहीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

 

नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

Share: