एचआइभी संक्रमित बालबालिकालाई मासिक भत्ता दिइने

45
0
Share:

काठमान्डौ/तनहुँमा एचआईभीबाट संक्रमित बालबालिकालाई मासिक भत्ता दिइने भएको छ । व्यास नगरपालिकाले एचआइभी संक्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

 

संक्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले भत्ता पाउने छन् ।

 

भत्ता पाएपछि संक्रमित बालबालिकाको दैनिक जीवनयापन सहज हुने विश्वास नगरपालिकाले लिएको छ । एचआइभी संक्रमित बालबालिकाका कतिपयको अभिभावकको मृत्यु भइसकेको हुनाले शिक्षा आर्जन र दैनिक जीवनयापनसमेत कठिन हुँदै आएको थियो ।

 

नगरपालिकाभित्र रहेका यस्ता बालबालिकाको तथ्यांक संकलन गरी माघ महिना देखिकै पोषण भत्ता बापतको रकम प्रदान गरिने बताइएको छ।

Share: