सेयर बजार दोहोरो अंकले घट्यो

49
0
Share:

काठमान्डौ/साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १० अंकले घटेकोे छ । सोमबारको कारोबारमा १०.६१ अंक घटेको हो । यससँगै बजार २६३३.३२ विन्दुमा कायम छ । १०५ कम्पनीको सेयर मूल्य बढेको छ । १२९ कम्पनीको सेयर मूल्य घटेको छ । नाै कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

 

कारोबारतर्फ ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ ६५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड ७२ लाख ५३ हजार ६७६ कित्ता सेयर ८७ हजार ५६४ पटकमा खरिद–बिक्री भएको थियो ।ङादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, बोट्लर्स नेपाल (बालाजु) लिमिटेड शीर्ष कमाउनेमा परे ।

 

सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, हिमालयन रिस्योरेन्सको सेयर उच्च खरिद बिक्री भएको छ । समूहगत उपसूचकतर्फ बैंकिङ, होटेल, लगानी, जीवन बीमा, म्युचअल फण्ड,निर्जीवन बीमा, व्यापार तथा अन्य सूचक घटेका छन् । बाँकी समूहको सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Share: