भारतको प्रयागराज कुम्भ मेलामा भागदौड, केही मानिसको मृत्यु भएको आशंका

155
0
Share:

काठमान्डौ/भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा केही मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीले कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको उल्लेख गरेको छ ।

 

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन । भागदौडपछि भक्तजनका सरसामान यत्रतत्र छरिएको देखिएको छ । भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ ।

 

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

Share: