Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन – Lekhanpeeth

मधेश केन्द्रित ८ दलीय मोर्चाद्वारा ड्राफ्ट कमिटी गठन

453
0
Share:

काठमान्डौ/मधेश केन्द्रित ८ दलीय मोर्चाको कार्यदलले आचारसंहितका साथै एजेण्डा बनाउन ड्राफ्ट कमिटी गठन गरेको छ।

 

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले मधेश केन्द्रीत ८ दलीय मोर्चाको नाम, एजेण्डा, आचारसंहिता लगाएत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

 

ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गर्ने उनले बताए। कार्यदलबाट पारित भएपछि मधेश केन्द्रीत ८ को शीर्ष तहमा प्रस्तुत गरि आवश्यक निर्णय लिइने कर्णले बताए। यसअघि बिहीबार बसेको मधेश केन्द्रीत ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

 

कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा. शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन्।

Share: