सिन्धु विकास बैंकको खुद नाफा ७ करोड ८४ लाख

20
0
Share:

काठमाडाैं । सिन्धु विकास बैंकको सबै सूचकमा उल्लेख्य वृद्धि भएकाे छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्राे त्रैमासिक अवधिको वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ७ करोड ८४ लाख खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान ५ करोड ४० लाख रहेको थियो । दोस्रो त्रैमासिक अवधिमा ८.२२ प्रतिशत रहेको पुंजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रुपमा सुधार भई ११.४९ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुंजीकोष अनुपात १० प्रतिशत भन्दा कम भएकाले सिघ्र सुधारात्मक कारवाहीमा परेको बैंकले पुंजीकोषमा सुधार भएपछि उक्त कारवाहीबाट हट्ने विश्वास लिएको बताएको छ । चैत्र मसान्तमा बैकको प्रति शेयर आम्दानी १८.७६ रुपैया, निष्कृय कर्जाको अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत र नेटवर्थ प्रतिशेयर ७९.८९ रहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको विकास बैंकको लागि तोकेको न्यूनतम चुक्ता पुंजी १२० करोड पुर्‍याउन हालकायम रहेको चुक्ता पुंजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैक समक्ष पेश गरिसकेको जनाएको छ ।

सिन्धु बिकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रियस्तरको बिकास बैंक हो । बैंकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिईरहेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा गत पुस महिनादेखि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा रहेका छन् ।

Share: