Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डा. विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिबाट दिए राजीनामा – Lekhanpeeth

डा. विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिबाट दिए राजीनामा

140
0
Share:

काठमाडाैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

उनले मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएका छन् । समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएकाे डा. भट्टराईले बताए ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारी गत चैत २४ गते देखि नै अवकाशमा गएका थिए । राष्ट्र बैंक ऐनअनुसार अधिकारी अवकाशमा जानुअघि एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भएपनि दलीय सहमति नभएपछि राष्ट्र बैंक अहिले कायममुकायम गभर्नरको भरमा चलिरहेको छ ।

Share: