बुद्ध जयन्तीको अवसरमा अन्नपूर्ण केवलकारमा २५ प्रतिशत छुट

30
0
Share:

काठमाडाैं । पोखराको अन्नपूर्ण केबलकारले बुद्ध जयन्तीको अवसरमा बिहान १० बजे देखि ४ बजेसम्म २५ प्रतिशत छुट दिने भएको छ ।

पोखराको अन्नपूर्ण केवलकारले सोमबार (वैशाख २९) बुद्ध जयन्तीको अवसरमा केवलकारले विशेष छुट दिने भएको छ । कम्पनीले बुद्ध जयन्तीको अवसरमा बिहान १० बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट दिनेछ ।

width=1280www.onlinepana.com/wp-content/uploads/2025/05/494815701_676849651740685_6460512699601476806_n-768×576.jpg 768w sizes=auto, (max-width: 1280px) 100vw, 1280px />

केवलकारका प्रमुख कार्यकारी अधिकृत (CEO) दिनेश पौडेलका अनुसार साझको पन्चमुखीमा हुने आरतिको लागि ४ बजेपछि केवलकार चड्ने नेपालीहरुको लागि आउन जान २५० रुपैयाँ लाग्ने केवलकारका सिइओ दिन पौडेलले बताए ।

पर्यटकहरूको सुविधाका लागि लेकसाइड क्षेत्रबाट सरङकोटधामसम्म जाने निशुल्क बस सेवाको पनि व्यवस्था गरिएको छ। यसले आरतिमा सहभागी हुन चाहने श्रद्धालुहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

 

Share: