जनकपुर र बर्दिबासमा टाटा ग्रीन ब्याट्रीको नि:शुल्क जाँच शिविर

36
0
Share:

काठमाडाैं । नेपालका लागि टाटा ग्रीन ब्याट्रीजको आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेक अप शिविर सञ्चालन गर्न गइरहेको छ । शिविर मंगलबारबाट सुरू हुने बताइएको छ ।

उक्त शिविरमा ग्राहकहरूले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन् । साथै, सहभागीहरूलाई टाटा ग्रीन ब्याट्रीज खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा गिफ्ट सामग्रीहरू पनि वितरण गरिनेछ ।

शिविरको तालिका यस्तो छः

वैशाख ३० गते- श्रेष्ठ ट्रेडर्स, बर्दिबास

वैशाख ३१ गते- स्टार जनरल सप्लायर्स, बजरंग चौक

जेठ १ गते- श्री जानकी ट्रेडर्स, भानुचोक

जेठ २ गते- रोशन ट्र्याक्टर पार्ट्स, पिडारीचोक

लक्ष्मी अटोकम्पले यस शिविरमार्फत ग्राहकहरूसँगको सम्बन्ध अझ सशक्त बनाउने र ब्याट्रीसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखेको छ ।

Share: