बुधबार पनि घट्यो सेयर बजार, साढे ८ अर्बको सेयर कारोबार

82
0
Share:

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पनि घटेको छ । यस दिन नेप्से सूचक १३.९६ विन्दुले घटेर २६२०.२७ अंकमा बन्द भएको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ८ दशलमव ६४ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमाका लगानीकर्ताले ६ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Share: