
काठमाडौं । गभर्नरमा नियुक्त गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा परेको डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ भएको छ । डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए । उक्त रिट सर्वोच्च प्रशासनले शुक्रबार दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध रिट दायर भएको थियो । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरेका हुन् । पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेको ठहर गरिएको छ ।
सर्वोच्च प्रशासनले यो रिट खारेज गरिदिएको हो । सूचना अधिकारी पाण्डेका अनुासर गभर्नर सिफारिस समितिले पौडेललाई सिफारिस गरिसकेको अवस्था देखिएन, समाचारमा आएकै भरमा आएहको रिट अपरिपक्व देखिएको भन्ने छ । सामूहिक अधिकारको हनन् भयो भन्ने कुरा उल्लेख भएपनि प्रष्ट भएन । पौडेल राजनीतिक दलसँग आवद्ध भएकाले गभर्नर बनाउन नमिल्ने रिटकर्ताको दाबी हो । तर, पौडेलले २०८० सालमै नेपाली कांग्रेसको सदस्यबाट राजीनामा दिइसकेको बताइएको छ ।