एकैदिन तोलामा ५ हजार बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

15
0
Share:

काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share: